नेपाल र ओमानबीचको खेल वर्षाले प्रभावित, टसमा ढिलाइ

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र ओमानबीचको खेल वर्षाले प्रभावित, टसमा ढिलाइ

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज ओमानसँग अन्तिम खेल खेल्ने तालिका छ तर नेपाल र ओमानबीचको खेल वर्षाले प्रभावित बनेको छ ।

निर्धारित सवा ८ बजे हुनुपर्ने टसमा ढिलाइ भएको छ । सिरिजको तीन खेलमा नै पराजित भएको नेपाललाई आज जित दर्ता गर्नैपर्ने दबाब छ । नेपालले सात खेल खेल्दा एकमात्र जित दर्ता गरेको छ । घरेलु मैदानमा नेदरल्यान्ड्सलाई हराएपछि नेपालले जित दर्ता गर्न सकेको छैन् । 

यसबीच नेपाल क्यानडा र नामिबियासँगका दुवै खेलमा पराजित बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement