फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल आउने

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
 फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल आउने

काठमाडौं । विश्व फुटवलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल आउने हुनुभएको छ ।

इन्फान्टिनो आगामी असोज २१ गते बिहान काठमाडौं आइपुग्ने बताइएको छ । उहाँले करिब १२ घन्टा नेपालमा बिताउनेछन् ।

अखिल नेपाल फुटवल संघ एन्फाले अहिले सम्म अध्यक्ष इन्फान्टिनोको आगमनबारे आधिकारिक रुपमा केही पनि जानकारी गराएको छैन् । तर एन्फाले आन्तरिक तयारी भने सुरु गरिसकेको छ ।

अध्यक्ष इन्फान्टिनोले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधामन्त्री केपी शर्मा वलीलाई पनि भेट्ने तालिका रहेको छ । यस्तै उहाँले एक फुटवल मैदानको पनि अवलोकन गर्नुहुनेछ । तर कुन मैदान भन्ने बारे यकिन भने भएको छैन् । इन्फान्टिनो सदस्य राष्ट्रको भ्रमण गर्ने क्रममा नेपाल आउन लाग्नुभएको हो ।

१२ वर्षपछि फिफा अध्यक्षले नेपाल भ्रमण लाग्नुभएको हो । यसअघि सन २०१२ मा तत्कालिन अध्यक्ष सेप ब्लाटर नेपाल आउनुभएको थियो । एन्फाले अहिलेसम्म फिफा बाट प्रभावशाली प्रोजेक्ट भने हात पार्न सकेको छैन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement