सरकारी वकिलले लियो गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीको बयान

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारी वकिलले लियो गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीको बयान

पोखरा । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीको बयान सुरु भएको छ । गोर्खा मिडियाका पूर्वसञ्चालक जीबी राई र रवि लामिछानेका साझेदार छविसँग आज सरकारी वकिलले बयान लिएका हुन् ।

जिल्ला अदालत कास्कीले छवि माथी अनुसन्धान गर्न पाँच दिनको समय दिएपछि कास्की प्रहरीले बयान लिन शुरु गरेको हो ।

आज साढे दुई घण्टा सम्म बयान लिएको र भोली पनि जारी रहने कास्की प्रहरी प्रवक्ता बसन्त कुमार शर्माले बताउनुभयो । काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याएका जोशी माथी प्रहरी अनुसन्धान अधिकृतहरुले पनि बयान लिएको उहाँले बताउनुभयो । प्रहरीले छवि माथी आकर्षीत हुने सहकारी ठगी, सङ्गठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण लगायत मुद्दा केन्द्रीत गरि बयान लिने बताएको छ ।

यता पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन बारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबीको टोली पोखरा आउन लागेको छ ।

अनुसन्धानमा कास्की प्रहरीलाई सहयोग गर्न सिआइबी टोली दोस्रो पटक पोखरा आउन लागेको हो । यसअघि पनि सूर्यदर्शन सहकारीको रकम अपचलनमा सीआईबीको टोलीले अनुसन्धानमा सहयोग गरेको थियो । संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीको रकम ६५ करोड रुपैयाा गोर्खा मिडियामा गएको निष्कर्ष निकाल्दै गोर्खा मिडियाका पुर्व संचालक छविलाल जोशी, रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने, गोर्खा मिडियाका सञ्चालक जीबी राई, कुमार रम्तेललाई कारबाही सिफारिस गरेको छ ।

सुर्यदर्शन सहकारी रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका ४४ जना मध्ये हाल सम्म छ जना मात्र पक्राउ परेका छन भने ३८ जना पक्राउ पर्न बाँकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement