एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटमा नेपाल र कम्बोडियाबीच प्रतिस्पर्धा जारी

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटमा नेपाल र कम्बोडियाबीच प्रतिस्पर्धा जारी

काठमाडौं । एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटमा अहिले नेपालले कम्बोडियासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो हाफको खेल सकिदा नेपाली युवा टोली २-१ गोल अन्तरले पछि छ । नेपालले सुरुवाती ६ मिनेटमै २ गोल बेहोर्यो । खेलको तेस्रो मिनेटमै कम्बोडीयाले अग्रता बनाउन सफल भयो । करनर किकबाट प्राप्त अवसरमा फान भ्रेकले हेडरमार्फत गोल गरे ।

छैठौं मिनेटमा नेपालले दोस्रो गोल बेहोर्यो । यस पटक पनि करनर किक बाटै उपलब्ध बलमा फोयुक थाथीले गोल गरे । पहिलो आफ सकिन केही सेकेण्डमात्र बाँकी रहदाँ समिर तामाङले नेपालका लागी गोल फर्काए । समिरले निरज कार्कीको एसिसटमा हेडर मार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काएका हुन् ।

नेपालले अघिल्लो महिना घरेलु मैदानमा साफ च्याम्पियनसिप खेलेको थियो । फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाल उपाधि जित्नबाट भने चुकेको थियो । समूह बी मा रहेको नेपालसँगै उज्वेकिस्तान, बहराइन, आयोजक चाइनिज ताइपेइ र कम्बोडिया छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement