आईसीसी विश्वकप लिग-२ मा नेपाल ओमानसँग १ विकेटले पराजित

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग-२ मा नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपाल ओमानसँग १ विकेटले पराजित भएको छ । लिग २ को त्रिकोणानत्मक एक दिवसीय सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । गुलशन झाले पाँच विकेट लिनुको साथै ब्याटिङमा अक्रमक अर्धशतकसहित सानदार अलराउण्ड प्रदर्शन गरे पनि नेपालको हार टार्न सकेनन् । यस खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको थियो ।

मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किंग सिटीमा ओमानले टस जितर फिल्डिङ रोजेको थियो । सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । नेपालको शीर्षक्रमले यस खेलमा पनि उत्कृष्ट्र प्रदर्शन गर्न सकेन । कुशल भुर्तेलको स्थानमा ओपनिङमा आएका अर्जुन साउँद ५ रनमा बाहिरिए । कलिमुल्लाहले अर्जुनलाई आउट गर्दै आमानलाई अर्ली ब्रेक थ्रु दिलाएका थिए ।

असिफ सेख पनि लामो सयम पचिमा टिक्न सकेनन् । उनी व्यक्तिगत ११ रनमा शोएब खानको सिकार भए । भिम सार्की पनि ११ रनमा बाहिरिए । भिमको विकेटसँगै नेपाल १३ ओभर १ बलमा ३१ रनमा ३ विकेट गुमाएको खराब अवस्थामा थियो । त्यसपछि चौथो विकेटका रुपमा आरिफ सेख र कप्तान रोहित पौंडेलले ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई अघि बढाए ।

यस सिरिजमा पहिलो पटक मौका पाएका आरिफले प्राप्त अवसरको उपयोग गर्दै ३५ रनको योगदान दिए । रोहितले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेले । अनिल साह ३ रनमा आउट भए । गुलशनले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५३ रनको आक्रमक इनिङ्स खेले । करण केसी १ र सोमपाल कामीले २० रनको योगदान दिए । सन्दीप लामिछाने १५ बलमा ११ रन जोडे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २-२ विकेट लिए । सकिल अहमद र शोएब खानले १-१ विकेट लिए ।

२ सय २१ रनको लक्ष्य पछ्याएको ओमानले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउादै पूरा गर्यो । ओमानलाई ओपनर कश्याप प्रजापति र जतिन्दर सिंहले ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । सन्दीपले जतिन्दरलाई एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । कश्याप ३६ रनमा आउट भए । जतिन्दर सिंहले सर्वाधिक ४१ रनको योगदान दिए ।

सकिल अहमत १७ रनमा नटआउट रेह । अन्तिम ओभरमा ओमानलाई जितका लागि ८ रन आवश्यक थियो तर सोमपाल कामीले त्यसलाई रक्षा गर्न सकेनन् । नेपालका लागि गुलशनले ५ विकेट लिए । करणको नाममा २ विकेट रह्यो ।

नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो । नेपालले अब आइतबार क्यानडा र मंगलबार ओमानसँग खेल्नेछ ।

नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका लिग- २ को साथ शीर्ष स्थानमा छ । नेपाल ६ खेलमा १ मा जितसहित २ अंकका सात सातौं स्थानमा छ । ओमानज ५ खेलमा ५ अंकसहित छौंटौं स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement