उत्तर कोरिया फिफा यू-२० महिला विश्वकपको फाइनलमा

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्तर कोरिया फिफा यू-२० महिला विश्वकपको फाइनलमा

काठमाडौं । उत्तर कोरिया फिफा यू-२० महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । चौथो पटक यो प्रतियोगिताको उपाधि नजिक पुग्दा फाइनलमा उत्तर कोरियाले जापानको सामना गर्ने छ ।

कोलम्बियामा जारी खेलमा अमेरिकालाई १-० ले हराउँदै उत्तर कोरिया फाइनलमा प्रवेश गरेको हो । यस प्रतियोगिताको सर्वाधिक सफल टोली अमेरिकालाई स्तब्ध पार्दै उत्तर कोरियाकी चोइ ई सनले गोल गरिन् । पहिलो सेमिफाइनलको २२ औं मिनेटमा चोइ ई सनले गरेको गोल नै निर्णायक बन्यो ।

खेल अवधिभर अमेरिकाले उत्तर कोरियामाथि दबाब बनाए पनि इक्वलाइजर गोल फर्काउन सकेन । आज बिहान भएको दोस्रो सेमिफाइनलमा जापानले नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै उत्तर कोरियासँगको भेट पक्का गरेको छ ।

समूह 'एफ' मा रहेको उत्तर कोरिया सबै खेल जित्दै फाइनलमा पुगेको हो भने जारी फिफा यू-२० महिला विश्वकपमा जापानले पनि सबै खेल जितेको छ । जर्मनी र अमेरिकाले समान ३-३ पटक यू-२० महिला विश्वकप जितेका छन् । उत्तर कोरिया सन् २००६ र सन् २०१६ को च्याम्पियन हो । जापान र उत्तर कोरिया बीचको फाइनल खेल सोमबार हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement