च्याम्पियन्स लिग : क्रोएसियन क्लब जाग्रेब विरुद्ध बार्यनको कीर्तिमानी जित, केनले गरे ४ गोल

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याम्पियन्स लिग : क्रोएसियन क्लब जाग्रेब विरुद्ध बार्यनको कीर्तिमानी जित, केनले गरे ४ गोल

काठमाडौं । यूएफा च्याम्पियन्स लिगमा इंग्लिस स्ट्राइकर हेरी केनले ४ गोल गरेपछि बायर्न म्युनिखले डाइनामो जाग्रेबविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ ।

जर्मन टोली बायर्नले क्रोएसियन क्लब जाग्रेबलाई ९-२ ले पराजित गरेको हो । यो च्याम्पियन्स लिगको कुनै एक खेलमा एउटा टोलीले गरेको सर्वाधिक गोल हो भने गोल अन्तरका आधारमा बायर्नको दोस्रो ठूलो जित हो । केनले १९औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै गोलको खाता खोलेका थिए ।

जाग्रेबलाई पूर्णतया दवावमा राखेको बायर्नका लागि राफेल गुरेइरोले जमाल मुसियालाको असिस्टमा ३३औं मिनेटमा दोस्रो गोल गरे । त्यसको पाँच मिनेटपछि माइकल ओलिसेले गोल थपे ।

४९औं मिनेटमा ब्रुनो पेटकोभिक र त्यसको एक मिनेटपछि ताकुया ओगिवाराले गोल गरेपछि क्रोएसियन क्लब जाग्रेबले कम ब्याक गर्ने संकेत देखाएको थियो । तर, बार्यनका लागि ५७औं मिनेटमा केन र ६१औं मिनेटमा माइकल ओलिसेले गोल थपे । केनले ७३ र ७८औं मिनेटमा पुनः पेनाल्टीमा गोल गर्दै बायर्नलाई फराकिलो अग्रता दिलाए । 

यससँगै केनले युरोपियन क्लब फुटबलमा ३३ गोल पूरा गरे । उनी यस प्रतियोगितामा सर्वाधिक गोल गर्ने इनिङ्स खेलाडी बने । त्यसपछि वैकल्पिक खेलाडी लेरोय साने र लियोन गोरेट्जकाले गोल गरेपछि भिन्सेन्ट कोम्पनीको टोली ९-२ को एकतर्फी जित हासिल गर्न सफल भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement