हंगेरीमा भइरहेको चेस ओलम्पियाडमा नेपालका खेलाडीले भिसा नपाएपछि चेस संघभित्र विवाद

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
हंगेरीमा भइरहेको चेस ओलम्पियाडमा नेपालका खेलाडीले भिसा नपाएपछि चेस संघभित्र विवाद

काठमाडौं । ओलम्पियाडमा नेपालको सहभागीताको विषयलाई लिएर चेस संघ भित्रको विवाद उत्कृषमा पुगेको छ। अहिले हंगेरीमा अयोजना भइरहेको चेस ओलम्पियाडमा नेपालका ८ खेलाडीसहित १८ जनाले भिसा नपाएको कारण जान पाएका थिएनन् । त्यसपछि सतहमा आएको विवाद अहिले उत्कृषमा पुगेको हो।

नेपाल बुद्धिचाल महासंघले आज पत्रकार सम्मेलन गरेर ओलम्पियाडमा सहभागीताको लागि संघले गरेको कामहरु सार्वजनिक गरेको थियो । संघका अनुसार नेपालमा रहेको जर्मनी एम्बेस्सीले भिसा दिन अस्विकार गरेपछि नयाँ दिल्लीमा रहेको दूतावासमा गएर भिसाको काम गरेको थियो ।

तर राजदूतावासका कन्सुलरले भिसाको लागि आवेदन नै नदिन भनेपछि नेपाली टोली नयाँ दिल्लीमा भिषा प्रक्रिया सुरु नगरिकनै नेपाल फर्कियो । संघका अध्याक्ष हेरा काजी महर्जनले संघभित्रैबाट कसैले दूतावासलाई मानव तस्कर गर्न लागेको भनेर मेल पठाएपछि नेपाली टिमले भिसा नपाएको गुनासो गरे।

यता संघले सहभागी खेलाडीलाई नै विमाको पैसा तिर्न लगाएको, राष्ट्रिय खेलकुद विकास ऐन विपरीत टिममा रहेका अफिसियलबाट पैसा लिएर भ्रमणमा लागेको, कागजी काम पूरा नगरेको आरोप संघलाई लागेको छ । संघले भने नेपाली टिमले भिसा नपाएको विषयमा अनुसन्धानको माग गर्दै खेलाडीको आर्थिक ग्यारेन्टी सरकारले लिनुपर्ने माग गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement