ओलम्पिक-२०२८ आयोजना हुने भएपछि लस एन्जलसमा उल्लास

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
ओलम्पिक-२०२८ आयोजना हुने भएपछि लस एन्जलसमा उल्लास

काठमाडौं । लस एन्जलस सहरका अधिकारीहरू र आयोजकले 'लस एन्जलस ओलम्पिक २०२८' को समर्थनमा वाद्यवादन गरेका छन् ।

उनीहरुले ड्रम बजाएर 'एन्जलस ओलम्पिक'को समर्थन गरेका हुन् । यसै कार्यक्रमकाबीच पहिलो पटक सिटी हलमा ओलम्पिक र पारा ओलम्पिक झन्डासमेत प्रदर्शन गरिएको छ ।

लस एन्जलसमा सन् २०२८ मा तेस्रो पटक ओलम्पिक आयोजना हुँदै छ । पछिल्लो पटक यस सहरले सन् १९८४ मा ओलम्पिक आयोजना गरेको थियो । तर अमेरिकी सहर लस एन्जलसमा पारालिम्पिक भने पहिलो पटक आयोजना हुन लागेको हो ।

मेयर करेन बासले २०२८ को ओलम्पिक 'सबैको साझा खेल' हुने बताइन् । 'जे-टाउन टाइको' क्लबले ड्रम प्रस्तुती तथा हृवीलचेयर फेन्सिङको प्रदर्शनबाट कार्यक्रम सुरु गरिएको थियो । 

लस एन्जलसका मूल निवासी तथा पारालिम्पिक शटपुट रजत पदक विजेता एरेल मिडलटनले लस एन्जलस पारालिम्पिक विशेष क्षमता भएका व्यक्तिहरुका लागि विशेष हुने आशा व्यक्त गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement