काठमाडौं । एसियाली क्रिकेट परिषद एसीसीले, महिला अन्डर नाइन्टिन टी-ट्वान्टी एसिया कप आयोजना गर्ने भएको छ ।
मलेसियाको क्वालालाम्पुरमा बसेको एसीसीको कार्यसमिति बैठकले प्रतियोगिताको घोषणा गरेको हो । अन्डर नाइन्टिन विश्वकपअघि , एसिया कप आयोजना हुनेछ । युवा महिला खेलाडीलाई पर्याप्त अन्तर्राष्ट्रिय अनुभवको अवसर दिन एसिया कपको सुरुवात गर्ने निर्णय गरिएको एसीसीका अध्यक्ष जय साहले बताएका छन् ।
यो निर्णयले भविष्यमा एसियाली महिला क्रिकेटमा महत्वपूर्ण प्रभाव पार्ने एसीसीको विश्वास छ । एसीसीले पहिलो पटक युवा महिला क्रिकेटरका लागि प्रतियोगिता अघि सारेको हो । यसले लैगिंक समानतामा पनि महतवपूर्ण योगदान पुग्ने एसीसीले बताएको छ ।