इङ्ल्यान्डविरुद्ध टी-ट्वान्टी सिरिजको पहिलो खेल अस्ट्रेलियाले जित्यो

भाद्र २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इङ्ल्यान्डविरुद्ध टी-ट्वान्टी सिरिजको पहिलो खेल अस्ट्रेलियाले जित्यो

काठमाडौं । अस्ट्रेलियाले, इङ्ल्यान्डविरुद्धको पहिलो टी-ट्वान्टी आईमा २८ रनको जित हात पारेको छ । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले ५९ रनको विस्फोटक इनिङस खेले ।

साउथह्याम्पटनमा इङ्ल्यान्डले टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो । १९ ओभर ३ बलमा अलआउट हुँदै अस्ट्रेलियाले १ सय ७९ रनको योगफल बनायो । म्याथ्यु सर्ट र हेडले ८६ रनको ओपनिङ साझेदारी गरेका थिए । हेडले २३ बलमा ५९ रनको योगदान गरे । उनको इनिङमा ८ चौका र ४ छक्का समावेश थियो । हेडले सातौं ओभरमा साम करनलाई ३० रन प्रहार गरेका थिए । करनलाई उनले ३ चौका र ३ छक्का प्रहार गरे । 

लियाम लिभिङस्टनले हेडको विकेट लिएका थिए । कप्तान मिचेल मार्स भने २ रनमै मैदान बाहिरिए । म्याथ्युले २६ बलमा ४१ रन जोडे । मार्कस स्टइनिसले १० रन जोड्दा टिम डेभिडले खाता खोल्न सकेनन् । जस इङ्ग्लिसले ३७ रनको योगदान गरे । क्यामरुनले १३ रन थपे । लिभिङ्स्टनले ३, जोफ्रा आर्चर र सकिब महमुदले २-२ विकेट लिए । करन र आदिल रसिदले १-१ विकेट बाँडे । 

जवाफमा इङ्ल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५१ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका कुनै पनि खेलाडीबीच गतिलो साझेदारी हुन सकेन । विल ज्याक ६, जोर्डन कक्स १७, कप्तान फिल सल्ट २० ,ज्याकब बेटहिल २ र करन १८ रनमा पवेलियन फर्किए । लिभिङ्स्टोनले सर्वाधिक ३७ रन जोडेका थिए । 

सन एब्बटले ३, जस हेजलउड र एडम जाम्पाले २-२ विकेट लिए । जितसँगै अस्ट्रेलियाले ३ खेलको सिरिजमा १ शून्यको अग्रता लिएको छ । दोस्रो टी-ट्वान्टी आई भोलि हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement