नेपाल तेक्वान्दो संघले गर्‍यो पलेशालाई १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल तेक्वान्दो संघले गर्‍यो पलेशालाई १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान

काठमाडौं । पारालिम्पिक्समा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धनले एकै दिन आज १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।

आज पलेशालाई नेपाल तेक्वान्दो संघ र नेपाली कंग्रेस पार्टीले नगद पुरस्कार सहित सम्मान गरेका हुन् । तेक्वान्दो संघले आज ललितपुरमा कार्यक्रम आयोजना गर्दै पलेशा, प्रशिक्षक कविराज नेगी र पारालिम्पिक्समा सहभागी तेक्वान्दोकै अर्का खेलाडी भरत सिंह महतालाई सम्मान गरेको हो ।

संघले पलेशालाई दश लाख, प्रशिक्षक नेगीलाई तीन लाख र भरतलाई ५० हजार प्रदान गरेको हो । यस्तै सोही कार्यक्रममा नेपाल पौडी संघले पलेशालाई २५ हजार र प्रशिक्षक नेगीलाई १० हजार पुरस्कार प्रदान गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली सम्मान कार्यक्रममा उपस्थित हुने भनिएपनि अन्तिम समयमा रद्द भएको संघले जानकारी दिएको थियो । यस्तै आजै नेपाली कंग्रेसले पनि पलेशालाई पाँच लाख पुरस्कार सहित सम्मान गरेको छ । पलेशाको सफलतामा महत्त्वपूर्ण भूमिका निभाएका उनका बुबा आमालाई पनि संघले सम्मान गरेको थियो ।

पलेशालाई काँग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले पलेशाका साथै उनका प्रशिक्षक कविराज नेगीलाई लामा एक लाख ५० हजार र भरतसिंह महतालाई ५० हजारसहित सम्मान गरेका हुन् ।

पलेशाले पारा पारालिम्पिकमा के-४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी थिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement