काठमाडौं । नेपाल प्रिमियर लिगका लागि ८ वटै फ्रेन्चाइज टोलीको ओनर छनोट भएका छन् । काठमाडौं स्पोर्टस डेभलपमेन्टले, टिम काठमाडौंको स्वामित्व लिएको छ ।
आज भएको विडिङ प्रक्रियाबाट काठमाडौं स्पोर्ट्सले ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैयाँमा फ्रेन्चाइज टोली प्राप्त गरेको हो । काठमाडौं स्पोर्टस डेभलपमेन्टसँग नेपाल मेडीसिटी ग्रुप, वाइ एन्ड वाइ ग्रुप र केएमजीको पनि संयुक्त लगानी रहनेछ ।
बिडिङमा टिम पोखरा सबैभन्दा बढी महंगो मूल्यमा बिक्यो । पोखराका लागि नेपाल टी-ट्वेन्टी प्रालिले ३ करोड ५७ लाख तिरेको हो । टिम चितवनका लागि चितवन मेडिकल कलेजले १ करोड ७६ लाख एक हजार खर्चियो । टिम विराटनगर एम ए डी ड्रिम्स स्पोर्टसको स्वामित्वमा रहनेछ । उसले १ करोड ५१ लाखमा बिडिङ जितेको हो ।
टिम लुम्बिनीलाई फर्चुना हेल्थ केयरले १ करोड ८६ लाखमा पाएको छ । टिम जनकपुर ड्रिम्स स्पोर्टसले लियो । त्यसका लागि २ करोड ५ लाख खर्चिएको हो । टिम कर्णाली १ करोड ११ लाख ७० हजारमा हिमालयन बिल्डर्सले बिडिङमार्फत् प्राप्त गरेको छ । टिम सुदूरपश्चिम एम्पायर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयामा आफ्नो बनायो । ८ फ्रेन्चाइजका लागि सुरुवातमा १६ आवेदन परेको थियो ।
त्यसमध्ये नेपाल क्रिकेट संघ क्यानले सर्ट लिस्ट गरेर १३ मा झारेको थियो । अन्तिममा ९ वटा कम्पनी बिडिङमा सहभागी भएका थिए । क्यानले आयोजना गर्ने एन पी एल आगामी मंसिर १५ गतेदेखि हुनेछ ।