काठमाडौं । लेजेन्डरी अमेरिकी पारा पौडी खेलाडी जेसिका लङले पारालिम्पिकमा आफ्नो १७ स्वर्ण र समग्रमा ३० पदक जित्दै इतिहास रचेकी छन् ।
महिला ४ सय मिटर फ्रिस्टाइल एस एट क्याटगरीमा स्वर्ण जित्दै लङले पारालिम्पिकमा सर्वाधिक सफल खेलाडीको कीर्तिमान बनाएकी हुन् । लङले निर्धारित दुरी पौडन ४ मिनेट ४८ दशमलव ७४ सेकेन्ड समय लगाइन् । जुन उनको करियरको १७ औं स्वर्ण र समसग्रमा ३० औं पारालिम्पिक पदक थियो ।
उनीसँग अब महिलाको ४ सय मिटर फ्रिस्टाइल एस एट क्याटगरीमा व्यक्तिगत चार स्वर्ण पदक छन् । यस विधामा लङले एथेन्स २००४, बेइजिङ २००८ र लन्डन २०१२ मा स्वर्ण जितेकी थिइन् ।
३० सय मिटर दुरीअघि दोस्रो स्थानमा रहेकी लङले अन्तिम १ सय मिटरमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भइन् । ग्रेट ब्रिटेनकी एलिस ताईले रजत र इटालिकी जेनिया फ्रान्सेस्का पलाज्जोले कांस्य पदक हात पारिन् ।