जोशुआ किमिच जर्मनीको राष्ट्रिय फुटबल टिमको कप्तानमा नियुक्त

भाद्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
जोशुआ किमिच जर्मनीको राष्ट्रिय फुटबल टिमको कप्तानमा नियुक्त

काठमाडौं । जोशुआ किमिच जर्मनीको राष्ट्रिय फुटबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् ।

गत महिना म्यानचेस्टर सिटीका मिडफिल्डर तथा जर्मनीका तत्कालिन कप्तान इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि बायर्न म्युनिखका किमिचलाई कप्तान नियुक्त गरिएको हो ।

एक पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक जुलियन नागेल्सम्यानले २९ वर्षीय किमिचलाई राष्ट्रिय फुटबल टिमको नयाँ कप्तान नियुक्त गरिएको जानकारी गराएका हुन् । युरो २०२४ मा जर्मनीका लागि सबै पाँच खेल खेलेका ३३ वर्षीय गुन्डोगनले युरोकप च्याम्पियन स्पेनसँग क्वार्टरफाइनलमा पराजित भएपछि गत महिना अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।

उनले जर्मनीका लागि ८२ खेल खेलेका छन् । सन् २०१६ मा जर्मनीका लागि डेब्यु गरेका नवनियुक्त कप्तान किमिचले राष्ट्रिय टोलीबाट ९१ खेल खेलिसकेका छन् । किमिचले शनिबार नेसन्स लिग अन्तर्गत हंगेरी विरुद्धको खेलमा जर्मनीको नेतृत्व गर्नेछन् । रियाल मड्रिडका सेन्टर ब्याक एन्टोनियो रुडिगर र आर्सनलका फरवार्ड काई हाभर्ट्जलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement