‘२० औं एलए अन्तर विद्यालय पौडी च्याम्पियनसिप’ आजदेखि सुरु

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
 ‘२० औं एलए अन्तर विद्यालय पौडी च्याम्पियनसिप’ आजदेखि सुरु

काठमाडौं । काठमाडौंका ७८ वटा विद्यालयको सहभागिता रहेको २०औं एलए अन्तर विद्यालय पौडी च्याम्पियनसिप आज लिटिल एन्जल्स स्कुलमा सुरु भएको छ ।

प्रतियोगितामा सहभागी ३ सय ८९ खेलाडीले २५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । पुरुष र महिलाका लागि विभिन्न १० उमेर समूहमा प्रतियोगिता भइरहेको छ। प्रतियोगितामा व्यक्तिगत मिड्ले, बेस्टस्ट्रोक, फ्लाई वेट, मिड्ले फ्लाई, ब्याकस्ट्रोक, फ्रिस्टाइल र फ्रि रिलेका प्रतियोगिता आयोजना गरेका हुन्।

प्रतियोगितालाई आज युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए। च्याम्पियनसिपमा २५ इभेन्ट्सकै फाइनल्सका खेलहरु भने भोलि हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement