इंग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नमाउथलाई १-० ले हरायो

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नमाउथलाई १-० ले हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नमाउथलाई १-० ले हराएको खेलमा सर्वाधिक पहेलो कार्डको कीर्तिमान बनेको छ ।

सब्सटिच्युट खेलाडी क्रिस्टोफर एककुन्कुले खेलको ८६ औं मिनेटमा गरेको गोलमा चेल्सी विजयी भएको थियो । यस खेलमा दुवै टिमलाई कुल १४ पहेंलो कार्ड देखाइएको थियो । जुन प्रिमियर लिगमा देखाइएको सर्वाधिक कार्डको कीर्तिमान हो ।

जस मध्ये ६ बर्नमाउथ र ८ चेल्सीको नाममा रह्यो । चेल्सी ४ खेलमा ७ अंकसहित लिगको सातौं स्थानमा छ । समान खेलमा ५ अंक जोडेको बर्नमाउथ ११ औं स्थानमा छ । अन्य खेलमा लिभरपुल नटिङघम फरेस्टसँग १-० को अप्रत्यासित हार बेहोर्न पुग्यो ।

एस्टन भिल्लाको हातबाट एभर्टनले ३-२ को हार बेहोर्‍यो । म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई ३-० ले हराएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement