बुन्डेसलिगाको शीर्ष स्थानमा फर्कियो बायर्न म्युनिख

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बुन्डेसलिगाको शीर्ष स्थानमा फर्कियो बायर्न म्युनिख

काठमाडौं । हेरी केनले ह्याट्रिक गरेपछि बायर्न म्युनिखले नवप्रवेशी होल्स्टेन किएललाई पराजित गर्दै बुन्डेसलिगाको शीर्ष स्थानमा फर्किएको छ । बायर्नले होल्स्टेनलाई ६-१ गोलको पराकिलो अन्तरले पराजित गरेको हो ।

जमाल मुसियालाले खेल सुरु भएको १३ सेकेन्डमै गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । केनले ७ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे भने १३ औं मिनेटमा निकोलाई रेम्बर्गले आत्माघाती गोल गरेपछि बायर्नले अपहार गोल पायो । ४३ औं मिनेटमा केनले ब्यक्तिगत दोस्रो गोल गरे । क्रिस्टल प्यालेसका पूर्व फरवार्ड माइकल ओलिसले ६५ औं मिनेटमा अर्को गोल थपे ।

बायर्नबाट यो उनको पहिलो गोल थियो । ८२ औं मिनेटमा आर्मिन गिगोभिचले होल्स्टेनका लागि सान्त्वना गोल फर्काए । त्यसपछि केनले इन्जुरी टाइममा पेनाल्टीमा गोल गर्दै क्लबलाई जित दिलाउन पाँचौं ह्याट्रिक गरे । केनले बायर्न म्युनिखका लागि ३५ बुन्डेसलिगा खेलमा ४० गोल गरेका छन् ।

यस जितपछि बायर्न तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलमा शतप्रतिशत नतिजासहित ९ अंक जोडेको छ । जितविहीन होल्स्टेन पुछारमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement