इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पुनरागमन जित

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको पुनरागमन जित

काठमाडौं । एर्लिङ हालान्डले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले पुनरागमन जित हासिल गरेको छ ।

सिटीले ब्रेन्टफोर्डलाई २-१ गोलअन्तरले पराजित गरेको हो । सुरुवाती मिनेटमै गोल बेहोरेपछि पछि परेको सिटीलाई हलान्डले खेलमा फर्काए । यस जितसँगै सिटीले ब्रेन्टफोर्डविरुद्ध शतप्रतिशत जितको कीर्तिमानलाई यथावत राखेको छ ।

खेल सुरु भएको २३ सेकेन्डमा नै ब्रेन्टफोर्डका योएन विसाले सिजनकै सबैभन्दा छिटो गोल गरेपछि सिटी दबाबमा आएको थियो । विसाले हेडरमार्फत गोल गरेका थिए । तर सिटीले १९ औं मिनेटमा पुनरागमन गयो । केभिन डे ब्रुइनको पासमा हालान्डले गोल गरे । ३२ औं मिनेटमा हालान्डले दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा २-१ ले अघि रह्यो । त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा सिटी विजयी भयो ।

यो जितसँगै साविक विजेता सिटीले ४ मध्ये चार वटै खेल जित्दै १२ अंक जोडेको छ । ऊ लिगको शीर्ष स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement