इंग्लिस प्रिमियर लिग : साउथ हृयाम्पटनमाथि म्यानचेस्टर युनाइटेडको जित

भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिग : साउथ हृयाम्पटनमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग इपिएलअन्तर्गत आज साँझ भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथ हृयाम्पटनलाई ३-० ले हराएको छ। १० खेलाडीमा समेटिएको साउथह्याम्पटनविरुद्ध युनाइटेडले सहज जित दर्ता गरेको हो ।

माथिउस डि लिग्टले खेलको ३५ औं मिनेटमा नै गोल गरे। एरिक्सले प्रहार गरेको कर्नरमा ब्रुनो फर्नान्डेसले क्रस गरेको बललाई डि लिग्टले गोलमा परिणत गरेका हुन् । युनाइटेडले खेलको ४१ औं मिनेटमा नै अग्रता दोब्बर बनायो ।

अमद डियालोको पासमा मार्सकर रासर्फडले सुन्दर गोल गरे। फरक मेकअफमा देखिएका रासर्फडल जारी प्रिमियर लिगको आफ्नो पाँचौं खेलमा पहिलो गोल गरेका हुन्। युनाइटेडले दुई गोलको अग्रता बनाएकै समयमा साउथह्याम्टनले एक खेलाडी गुमाउन पुग्यो। ज्याक स्टेफेनले डाइभ गरेर अलेक्जोन्द्रो गर्नाचोलाई फल गरेपछि उनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।

१० खेलाडीमा समेटिएको साउथह्याम्टनविरुद्ध गर्नाचौले स्टपेज समयको आठौं मिनेटमा गोल गरे। आजको जितसँगै युनाइटेडले चार खेलबाट ६ अंक बनाएको छ। पराजित साउथह्याम्टन रेलिगेसन जोनमा छ। लिगमा आज हप्तान्तका खेलहरु भइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement