माओवादीले संसद अवरोध गर्ने अडान नछाडेपछि प्रतिनिधि सभा बैठक स्थगित

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
माओवादीले संसद अवरोध गर्ने अडान नछाडेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध जारी राख्ने बताएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठक आज १ बजेका लागि बोलाइएको थियो। तर एमाले सांसदले प्रयोग गरेको 'हिंसा' शब्द रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने माओवादीको अडान पछि बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो । यही भदौ १२ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओवादी केन्द्रले अभिलेखबाट हटाउन माग गरेको थियो ।

अघिल्लो बैठकमा सभामुखले उक्त शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउनु नपर्ने जानकारी गराएपछि माओवादीले सदन अवरोध गरेको थियो । सदन खुलाउने विषयमा सभामुख र संचेतकहरु बीच छलफल भएपनि सहमति जुटेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement