काभा महिला नेसन्स लिगमा आज सेमिफाइनलका खेल हुँदै, नेपाल इरानसँग भिड्ने

श्रावण २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा महिला नेसन्स लिगमा आज सेमिफाइनलका खेल हुँदै, नेपाल इरानसँग भिड्ने

काठमाडौं । काभा महिला नेसन्स लिगको दोस्रो सेमिफाइनलमा नेपालले आज इरानको सामना गर्दै छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुने छ ।

नेपाल लिग चरण्मा दोस्रो र इरान तेस्रो स्थानमा रहदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । समुह चरणमा नेपालले श्रीलंका र माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने भारतलाई पाँच सेटमा हराएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा इरानसंग ५ सेटमा पराजित भएको नेपाल त्यस हारको बदला लिने योजनामा हुने छ । नेपालले भारतविरुद्ध गरेको प्रदर्शनलाई निरन्तरता दिए इरानका लागी चुनौतपूर्ण हुन सक्छ ।

नेपालविरुद्ध रिसिभ र डिफेन्समा निकै उत्कृष्ट प्रदर्शन गरेको इरान प्रतियोगिताको दावेदार टोली हो । इरान लिग चरणको नतिजा दोहोर्‍याउँदै फाइनलमा स्थान बनाउने लक्ष्यमा हुने छ । नेपालले ४ खेलमा ३ जित र १ हार सहित ९ अंक जोडेको थियो । इरानले लिग चरणमा ७ अंक जोडेको थियो ।

यस खेल अघि ३ बजे सुरु हुने पहिलो सेमिफाइनल खेलमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्ने छन् । भारत १० अंक सहित शीर्षस्थानमा रहेर फाइनल प्रवेश गरेको थियो । श्रीलंका ४ अंक जोडेर चौथो हुँदा अंकबिहिन माल्दिभ्स पाँचौ हुँदै लिग चरणबाटै बाहिरिएको थियो । फाइनल र तेस्रो स्थानका खेलहरु भोली खेलिने छन् ।

भोलि दिउँसो ३ बजे सुरु पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ। दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। लिग चरणमा इरानसँग भोगेको हारको बदला लिने अवसर नेपाली टोलीलाई रहनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement