एसीसी महिला एसिया कपमा पाकिस्तानद्वारा यूएई १० विकेटले पराजित

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
 एसीसी महिला एसिया कपमा पाकिस्तानद्वारा यूएई १० विकेटले पराजित

काठमाडौं । एसीसी महिला एसिया कपमा पाकिस्तानले यूएईमाथि १० विकेटको जित हात पारेको छ । पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको थियो ।

यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रनको मध्यम योगफल बनायो । कप्तान इसा ओजाले १६, थ्रिथा सतिसले सर्वाधिक ४२ र खुशी शर्माले १२ रन जोडे । पाकिस्तानको कसिलो बलिङ सामु अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

सादिया इक्बाल, नास्रा सान्धु र तुबा हसनले दुई–दुई विकेट लिए । जवाफमा पाकिस्तानले ३५ बल बाँकी रहँदा विना क्षति लक्ष्य पूरा गर्यो । गुल फिरोजाले ६२ र मुनिबा अलीले ३७ रनको योगदान गरे । पाकिस्तानको जारी प्रतियोगितामा यो लगातार दोस्रो जित हो ।

पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले यसअघि नेपाललाई सहजै ९ विकेटले हराएको थियो । तीन खेलबाट चार अंक जोडेको पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ । नेपाल र भारतबीचको खेलपछि समूह ए बाट सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.