आईसीसी महिला टी–ट्वेन्टी विश्वकपमा-२०३० मा १६ टिमले खेल्ने

श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी महिला टी–ट्वेन्टी विश्वकपमा-२०३० मा १६ टिमले खेल्ने

काठमाडौं । सन् २०३० को आईसीसी महिला टी–ट्वेन्टी विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुने भएको छ । श्रीलंकाको कोलम्बोमा बसेको आइसीसीको कार्यसमिति बैठकले महिला विश्वकप टिम संख्या बढाउने निर्णय गरेको हो ।

अहिले १२ टिम सहभागी हुँदै आएका छन् । महिला र पुरुष विश्वकपबीच समानता कायम गर्ने प्रतिबद्धता पूरा गर्न टिम संख्या वद्धि गरेको आइसीसीको भनाइ छ । सन् २००९ मा भएको पहिलो संस्करणमा ८ टिमले खेलेका थिए ।

२०१६ मा १० टिम पुर्‍याइएको हो । यसै वर्षको अक्टोबरमा बंगलादेशमा हुने विश्वकपमा पनि १० टिम बीच नै प्रतिस्पर्धा हुनेछ । २०२६ को इंग्ल्यान्ड विश्वकपमा १३ टोली सहभागी हुनेछन् । २०३० मा भने १६ टिमले खेल्ने निश्चित भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.