नेपाली महिला राष्ट्रिय भलिबल टोली र रुसबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली महिला राष्ट्रिय भलिबल टोली र रुसबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

काठमाडौं । काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र रुसबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेल साँझ ५ बजे सुरु हुने छ ।

हिजो भएको खेलमा नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो । सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि सेटको अन्त्यतिर सम्हालिन नसक्दा नतिजा सुम्पिएको थियो । प्रशिक्षक जगदीश भट्टले तेस्रो सेटमा दोस्रो रोजाइका खेलाडीलाई अवसर दिए ।

पहिलो मैत्रीपूर्ण खेलमा मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले रसियाविरुद्ध खेल्दै नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । साउन १७ गतेदेखि काठमाडौंमा हुने काभा नेसन्स लिगमा आयोजक नेपालसहित भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.