एसीसी महिला एसिया कप : नेपालद्वारा पाकिस्तानलाई १०९ रनको लक्ष्य प्रस्तुत

श्रावण ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी महिला एसिया कप : नेपालद्वारा पाकिस्तानलाई १०९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी महिला एसिया कपमा नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको रागिंरी दाम्बुला इन्टरनेसनल स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरेको हो ।

आज प्रशिक्षक मनोज कटुवालले प्लेइङ इलाभेनमा एक परिवर्तन गरेका थिए । सवनम राईको स्थानमा रोमा थापा समावेश भएकी हुन् ।

नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । यदि पाकिस्तानलाई पराजित गरे समूह ‘ए’ बाट नेपाल र भारत सेमिफाइनल प्रवेश गर्नेछन् ।

पाकिस्तान भने जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा पाकिस्तानले भारतसँग पराजय बेहोरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.