रफायल नडाल स्विडिस ओपनको क्वार्टरफाइनलमा

श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
रफायल नडाल स्विडिस ओपनको क्वार्टरफाइनलमा

काठमाडौं । रफायल नडाल स्विडिस ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गए राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाका मारियानो नाभोनलाई तीन सेटमा पराजित गर्दै नडाल एटीपी २ सय ५० स्विडिस ओपनको अन्तिम ८ मा प्रवेश गरेका हुन् ।

करिब चार घण्टासम्म चलेको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा ३८ वर्षीय स्पेनिस खेलाडी ६-७ ले पछि परेका थिए । तर त्यसपछिका दुबै सेटमा उत्कृष्ट पुनरागमन गरेका नडालले दोस्रो र तेस्रो तथा निर्णायक सेट समान ७-५ र ७-५ ले जित्दै खेल आफ्नो पक्षमा पारे ।

अन्तिम पटक २०२२ फ्रेन्च ओपनको सेमिफाइनलसम्म पुगेका नडालले क्वार्टरफाइनलमा क्रोएसियाका खेलाडी डुजे अज्डुकोभिकसँग प्रतिस्पर्धा गर्नेछन् । अज्डुकोभिकले ब्राजिलका थियागो मोन्टेइरोलाई ३ सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.