शरणार्थी ओलम्पिक टोली पेरिसको ओलम्पिक भिलेज पुग्यो

श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
शरणार्थी ओलम्पिक टोली पेरिसको ओलम्पिक भिलेज पुग्यो

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत शरणार्थी ओलम्पिक टोलीका सदस्यहरू पेरिस स्थित ओलम्पिक भिलेज पुगेका छन् । शरणार्थी टोली ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुन ओलम्पिक भिलेज पुगेका हुन् ।

पेरिस जानु अघि शरणार्थी टोली ऐतिहासिक सहर बेयक्समा भेला भएका थिए । त्यहाँ उनीहरूले फरक-फरक देशबाट आएका आफ्नो टिमका साथीहरूसँग भेटघाट गर्दै एक अर्कासँग परिचय गरेका थिए ।

यस वर्षको शरणार्थी ओलम्पिक टोलीमा १२ खेलका ३७ खेलाडी छन् । उनीहरु विभिन्न १२ देशमा शरण लिएर बसिरहेका छन् । यस पटक इतिहासमै सबैभन्दा बढी शरणार्थीहरु ओलम्पिकमा सहभागिता जनाउँदैछन् । शरणार्थी टोली लगातार तेस्रो ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछ ।

ओलम्पिक रिफ्युजी फाउन्डेसनले व्यवस्थापन गरेको शरणार्थी टोलीले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने मौका नपाएका शरणार्थी खेलाडीहरुलाई विश्व खेलकुदको सबैभन्दा ठूलो मञ्चमा भाग लिने अवसर प्रदान उलपब्ध गराउँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.