काठमाडौं । कोपा अमेरिकामा तेस्रो स्थानको लागि भएको खेलमा क्यानडालाई हराउँदै उरुग्वे तेस्रो भएको छ । निर्धारित ९० मिनेटमा २-२ को बराबरी भएपछि पेनाल्टीमा पुगेको खेलमा क्यानडालाई ४–३ ले हराउँदै उरुग्वे तेस्रो भएको हो ।
ब्याङ्क अफ अमेरिका रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टिमले एक-एक गोलको बराबरी गरेका थिए । खेलको आठौं मिनेटमा नै उरुग्वेका रोड्रिगो बन्टाकुरले गोल गरेपछि उरुग्वेले एक–शून्यको अग्रता बनाएको थियो । त्यसैगरी स्मेइल कोनले खेलको २२ औं मिनेटमा गोल फर्काए ।
कोनको गोलसँगै क्यानडाले खेलमा बराबरी गरेको हो । तर, दोस्रो हाफको ८० औं मिनेटमा क्यानडाले गोल फर्काएको थियो । जोनाथन डेविडले गोल गरेपछि क्यानडा २–१ ले अगाडि पुगेको थियो । तर अन्तिम समयमा उरुग्वेले गोल फर्काएपछि खेल पेनाल्टीमा धकेलिएको छ ।
क्यानडाले सेमिफाइनलमा साविक विजेता अर्जन्टिनासँग हार ब्यहोरेको थियो थियो । उरुग्वे सेमिफाइनलमा कोलम्बियासँग पराजित भएको थियो । उसले क्वार्टरफाइनलमा ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा हराएको थियो । एक समय विश्व फुटबलमा राज गरेको उरुग्वेले पछिल्लो पटक सन् २०११ मा उपाधि जितेको थियो । उरुग्वे दुई पटकका विश्वकप विजेतासमेत हो । फाइनल खेल भोलि बिहान हुनेछ ।