यू-२० साफ च्याम्पियनसिपको केन्द्रीय छनोट सम्पन्न

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-२० साफ च्याम्पियनसिपको केन्द्रीय छनोट सम्पन्न

काठमाडौं । नेपालमा हुने अन्डर ट्वेन्टी साफ च्याम्पियनसिपको केन्द्रीय छनोट सम्पन्न भएको छ। एन्फाले सुरुमा ४७ जिल्ला हुँदै त्यसपछि प्रदेश र अहिले केन्द्रमा गरी तीन चरणमा छनोट गरेको हो । साफ च्याम्पियनसिका लागि अब ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा कम्लेक्स सातदोबाटोमा भएको केन्द्रीय छनोटमा दुई सय ६० खेलाडी सहभागी थिए । यी खेलाडीलाई चार दिन लगाएर छनोट गरिएको हो । एक महिनाअघि सम्पन्न भएको सहिद स्मारक सी डिभिजन लिग, जिल्ला लिग र काठमाडौं बाहिर हुने गोल्डकप खेलेका खेलाडी छनोटमा सहभागी थिए ।

अन्डर-ट्वेन्टी पुरुष साफ च्याम्पियनसिप यही साउन ३२ गतेदेखि भदौ १२ गतेसम्म हुनेछ । यसअघि नेपालमा नै आयोजना भएको अन्डर नाइन्टिन साफको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । आयोजक नेपाल समूह ए मा पाकिस्तान, बंगलादेश र श्रीलंकासँग छ ।

भारत माल्दिभ्स र भुटान समूह बीमा छन् । यो उमेर समूहमा भारत तीन र नेपाल दुई पटक च्याम्पियन बनेका छन्। नेपालले सन् २०१५ र सन् २०१७ को सुरुवाति दुई संस्करणको उपाधि जितेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement