दशैंको सुरुवातसँगै पोखरा झारिए भेडा च्याङ्ग्रा

आश्विन २०, २०८१ |भुपाल गुरुङ
दशैंको सुरुवातसँगै पोखरा झारिए भेडा च्याङ्ग्रा

पोखरा । दशैंको सुरुवातसँगै पोखरामा च्यांग्रा भित्रिएका छन् । मुस्ताङ्गी च्यांग्रा धेरै झारिएको छ भने बझाङलगायतका जिल्लाबाट पनि ल्याइएको व्यवसायीले बताएका छन् ।

विगत वर्षमा भन्दा यस पटक च्यांग्राको मूल्य भने घटेको छ । किसान आफैले बेच्न ल्याएकाले अहिले एउटा रोज्जा च्यांग्राको मूल्य ४० हजार रुपैयाँसम्म छ । अहिले तिब्बतबाट पनि च्यांग्रा आएको र मुस्ताङलगायत अन्य हिमाली जिल्लामा च्यांग्रा धेरै उत्पादन भएकाले भाउ केही घटेको व्यापारी बताउाछन् छ ।

पोखरालगायत साविकको गण्डकी, धौलागिरी क्षेत्रमा दशैका बेला च्यांग्राको मासु खाने संस्कृति बनेको छ । उच्च हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्किएका च्यांग्राको स्वाद लिन दशैंमा यसको विशेष परिकार खाने चलन छ । दुइ/तिन साता लामो पैदल यात्रापछि व्यवसायीले कम्तीमा सय देखि दुई हजारसम्म च्यांग्रा ल्याउने गर्छन् । अहिले पोखराको याम्दी, जौबारी, हेम्जा लगायत क्षेत्रमा भेंडा च्यांग्राको बथान देख्न सकिन्छ । उपभोक्ताको भिड पनि उत्तिकै छ ।

व्यापारीहरु दशैँ आउन दुई महिना अघिनै गोठमा पुगेर च्यांग्रा खरिद गर्छन् । घटस्थापना शुरु भएसागै बिक्रीका लागी पोखरा ल्याउाछन् । विगतमा २०/२२ हजारसम्म च्यांग्रा पोखरा आउने गरेकोमा यसपटक ३० हजारजति आउने अनुमान छ । हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने भेडा च्यांग्राले जटिबुटी यार्सा गुम्बा, निरमसी, जटामसी, पााच औले, कुटुकी र वनलसुन आदि खाने भएकाले यिनको मासु स्वस्थ्यवर्धक र स्वादिष्ट मानिन्छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement