काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिप २०२४ मा नेपालले विजयी सुरुवात गरेको छ ।

कोलोम्बोस्थित सुगाथादास इनडोर स्टेडियममा नेपालले घरेलु टोली श्रीलंकालाई सोझो सेटमा पराजित गरेको हो ।

पुरै खेलमा श्रीलंकाविरुद्ध प्रभावशाली प्रदर्शन गरेको नेपालले घरेलु टोलीलाई सहजै पराजित गर्यो । अर्जुन नेपालीको कप्तानीमा रहेको नेपालले पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट नेपालले २५-२३ ले जित्यो।

प्रशिक्षक रमेश कार्कीको टोलीले तेस्रो सेटमा केही लय विगारे पनि घरेलु टोलीलाई पराजित गर्यो । सोझो सेटको जित हात पार्ने क्रममा नेपाली युवा टोलीले प्रतिस्पर्धात्मक सेट २८-२६ ले आफ्नो नाम गर्यो । यस जितसंगै नेपालले ३ अंक जोडेको छ ।

अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि उज्वेकिस्तानसँग खेल्ने छ । तेस्रो खेलमा मंगलबार माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौं खेलमा असोज २५ मा तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement