साफ महिला च्याम्पियनसिप २०२४ का लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप २०२४ का लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं । घरेलु मैदानमा आयोजना गरिने साफ महिला च्याम्पियनसिप २०२४ का लागि २७ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

४० खेलाडीसहित प्रारम्भिक चरणको अभ्यास थालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले १३ खेलाडीलाई बाहिर पठाएर २७ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टिममा गोलकिपरको रुपमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र सुशीला चौधरी रहेका छन् भने डिफेन्डरहरुमा गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर र पूजा राना छन् । यस्तै विमला विक, हिरा कुमारी भुजेल, प्रतिक चौधरी र सजनी थोकरलाई पनि डिफेन्डरकै रुपमा टिममा सामेल गरिएको छ ।

मिडफिल्डरमा रेणुका नरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी र सरस्वती हमाल रहेका छन् । फरवार्डमा रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, रेखा पौडेल र सावित्रा भण्डारीलाई सामेल गरिएको छ ।

सातौ संस्करणको साफ महिला च्याम्पियनसिप दशरथ रंगशालामा कार्तिक १ देखि १४ गतेसम्म आयोजना हुने छ । सहभागी ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ए मा छन् । समूह बीमा नेपालसंगै भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् भने नेपालले आफ्नो पहिलो खेलमा कार्तिक २ गते भुटानको सामना गर्ने छ । दोस्रो खेलमा ६ गते माल्दिभ्स र समूहको तेस्रो खेलमा कार्तिक ८ गते श्रीलंकासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

फाइनल खेल कार्तिक १४ गते खेलिने छ । हालसम्म खेलिएका ६ मध्ये ५ संस्करणमा उपविजेता रहेको नेपालले यस पटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement