नेपाल प्रिमियर लिग : एक सय जना खेलाडीको अक्सन सकियो

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल प्रिमियर लिग : एक सय जना खेलाडीको अक्सन सकियो

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा सय खेलाडीको अक्सन सम्पन्न भएको छ ।

अक्सनमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक १५ लाख रुपैयाँमा जनकपुर बोल्टमा अनुबन्ध भएका छन् ।

एनपीएलको अक्सनमा 'ए' क्याटगरीका ललितलाई काठमाडौं र चितवनबाहेक बाँकी ६ टिमले १५ लाखको बोली लगाएका थिए । लक्की ड्रका आधारमा जनकपुरले ललितलाई टिममा भित्र्यायो ।

यसैगरी, लोकेश वमलाई विराटनगर किङ्ग्सले सर्वाधिक १५ लाख रुपैयाँमा खरिद गरेको छ । जनकपुरबाहेक बाँकी ७ टिमले लोकेशमाथि बोली लगाएका थिए ।

यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टिमका बायाँ हाते फास्ट बलर रिजन ढकाल चितवन राइनोजमा अनुबसिन्धत भएका छन् । जारी नेपाल प्रिमियर लिगको अक्सनमा उनलाई 'ए' क्याटगरीको खेलाडीका रुपमा चितवनले आधार मूल्य १० लाखमा खरिद गरेको हो ।

गण्डकी प्रदेशका दायाँ हाते स्पिनर सुबास भण्डारी विराटनगर किङ्ग्समा अनुबसिन्धत भएका छन् । अक्सनमा उनलाई सी क्याटगरीको खेलाडीका रुपमा विराटनगरले २ लाख ५० हजारमा खरिद गरेको हो ।

बागमती प्रदेशका ओपनर ब्याटर आसुतोस घिरैया लुम्बिनी लायन्समा अनुबसिन्धत भएका छन् । जारी नेपाल प्रिमियर लिगको अक्सनमा उनलाई 'बी' क्याटगरीको खेलाडीका रुपमा लुम्बिनी लायन्सले सर्वाधिक १० लाख रुपौयाँमा खरिद गरेको हो । बी क्याटगरीका खेलाडीका लागि बोलिने यो अधिकतम मूल्य हो ।

हेर्नुहोस कुन टीमले कुन खेलाडीलाई कति मूल्यमा किने

पिक भएका खेलाडी खेलाडी:

१. रिजन ढकाल ए श्रेणी, चितवन राइनोज२. कमल परियार, सी, अनसोल्ड३. सुजन थपलिया, सी, अनसोल्ड४. रविन्द्र जंग शाही, बी, अनसोल्ड५. श्रवण यादव, सी, अनसोल्ड, ६. टेक रावत, सी, अनसोल्ड७. सुवास भण्डारी, सी, विराटनगर किंग्स८. नितेश कुमार पटेल, सी, अनसोल्ड९. आशुतोष घिरैया, बी, दुई टिमको गोला प्रथामा १० लाख– लुम्बिनी लायन्स विजयी१०. सुसान्त सिंह थापा, सी, अनसोल्ड११. भोज राज भट्ट, सी, ४.५ लाख सुदूरपश्चिम१२. ललित राजवंशी, ए, टिमबीचको गोला प्रथामा (१५ लाख) – जनकपुर बोल्ट्स१३. चन्द्र कान्त पौडेल, सी, अनसोल्ड१४. नरेश बुढाएर, बी, अनसोल्ड१५. रमेश कुर्मी, सी, अनसोल्ड१६. कमल सिंह ऐरी, ए, अनसोल्ड१७. राजेश यादव, सी, अनसोल्ड१८. लोकेश चन्द, सी, अनसोल्ड१९. सूर्य तामाङ, ए, तीन टिमले गोला प्रथा गरेको (१५ लाख) – लुम्बिनी लायन्स२०. राज प्रसाद साह, सी, अनसोल्ड२१. लाकेश बम, ए, छ टिमले गोला प्रथा गरेकोमा (१५ लाख) – विराट नगर किङ्स२२. नरेन भट्ट, सी, २ लाख विराटनगर किंग्स२३. निर्मल गुरुङ, सी, अनसोल्ड२४. विपिन रावल, बी, ८ लाखमा – चितवन राइनोज२५. रोहन दुतराज विके, सी, अनसोल्ड२६. इश्वर क्षेत्री, सी, अनसोल्ड२७. दिनेश खरेल, सी, २ लाख पोखरा एभेन्जर्स२८. अरनिको प्रसाद यादव, सी, २.२५ लाख जनकपुर बोल्ट्स२९. दिपेन्द्र रावत, सी, ३ लाख कर्णाली याक्स्३०. रुपेश कुमार सिंह, बी, १० लाख जनकपुर बोल्ट्स३१. विवेक कुमार राना मगर, सी, अनसोल्ड३२. रन्जित कुमार, सी, ३ लाख चितवन राइनोज ३३. प्रतिस जिसी, ए, तीन टिमले गोला प्रथाबाट (१५ लाख) – विराटनगर किंग्स३४. हिमान्सु साही, सी, अनसोल्ड३५. दिपेश कँडेल, बी, ५ लाख काठमाडौं गोर्खाज३६. दिनेश अधिकारी, सी, २.७५ लाख लुम्बिनी लायन्स३७. निश्चल रावल, सी, अनसोल्ड३८. रित गौतम, बी, ५ लाख कर्णाली३९. अजय कुमार चौहान, सी, अनसोल्ड४०. सन्तोष कार्की, सी, गोला प्रथामा (५ लाख) – चितवन राइनोज४१. मिलन बोहरा, सी, अनसोल्ड४२. सुमित महर्जन, बी, ५ लाख काडमाडौं गोर्खाज४३. अमित श्रेष्ठ, सी, ३.५ लाख सुदूरपश्चिम४४. शाहाब आलम, ए, गोला प्रथामा १५ लाख, काठमाडौं४५. चन्दन राम, सी, अनसोल्ड४६. दिपक डुम्रे, सी, ३ लाख कर्णाली याक्स४७. रितक कामत, सी, अनसोल्ड४८. किरण कुमार ठगुन्ना, बी, गोला प्रथामा १० लाख पोखरा एभेन्जर्स४९. शेर मल्ल, बी, अनसोल्ड५०. राजेश पुलामी मगर, बी, ५ लाख, विराटनगर किंग्स५१. सागर ढकाल, ए, गोला प्रथामा १५ लाखमा, पोखरा एभेन्जस५२. अनुज चुनारा, सी, अनसोल्ड५३.पुरन विके, सी, अनसोल्ड५४. विवेक यादव, ए, गोला प्रथाबाट १५ लाखमा, लुम्बिनी लायन्स५५. प्रेम तामाङ, सी, अनसोल्ड५६. ताकसक सिम्खडा, सी, अनसोल्ड५७. फिरदोष अन्सारी, सी, अनसोल्ड५८. विकास आग्री, बी, अनसोल्ड५९. हिमान्सु दत्त, सी, अनसोल्ड६०. अनुज कुमार चौहान, सी, अनसोल्ड६१.नारायण जोशी, बी, गोला प्रथाबाट १० लाखमा पोखरा६२. शंकर राना, बी, ९.५ लाख काठमाडौं गोर्खाज६३. जितेन्द्र मुखिया, बी, ५ लाख विराटनगर६४. हेमन्त धामी, ए, अनसोल्ड६५. अनिल कुमार शाह, ए, पाँच टिमको गोला प्रथाबाट १५ लाख – जनकपुरा बोल्ट्स६६. दुर्गेश गुप्ता, बी, ८ लाख लुम्बिनी लायन्स६७. आयुश्मान बम, बी, अनसोल्ड६८. विपिन आचार्य, सी, अनसोल्ड६९. सुवास खत्री, सी, अनसोल्ड७०. प्रकाश जैसी, सी, अनसोल्ड७१. क्रिजन गुरुङ, सी, अनसोल्ड७२. आरिफ शेख ए, गोलाप्रथामा १५ लाख, सुदूरपश्चिम७३. प्रदिप ऐरी, बी, अनसोल्ड७४. भीम सार्की, ए, गोलाप्रथामा १५ लाख भीम सार्की काठमाडौं गोर्खाज७५. सुभ कंसाकर, सी, दुई टिमको गोल प्रथाबाट (५ लाख) – जनकपुर बोल्ट्स७६. दिवान पुन, सी, अनसोल्ड७७. प्रदिप पासवान, सी, अनसोल्ड७८. तिलक राजभण्डारी, बी, गोला प्रथामा १० लाख लुम्बिनी लायन्स७९. अभिषेक पाल, सी, अनसोल्ड८०. मृनल गुरुङ सी, अनसोल्ड८१. दिपेश श्रेष्ठ, बी, ५ लाखमा चितवन राइनोज८२. विपिन विक्रम शाही सी, अनसोल्ड८३. इमरान शेख, सी, अनसोल्ड८४. आदित्य महता, सी, अनसोल्ड८५. आकाश चन्द, ए, ११.५ पोखरा एभेन्जर्स८६ सुनिल धमला, ए, अनसोल्ड ८७ अभिनास बोहोरा ए, १२ लाख सुदूरपश्चिम ८८. मौसम ढकाल, बी, गोला प्रथाबाट (१० लाखमा) कर्णाली याक्स८९. विवेक केसी, सी, (२ लाख) काठमाडौं गोर्खाज९०. योगेन्द्र सिंह कार्की, बी, अनसोल्ड९१. अभिषेक तिवारी, सी, अनसोल्ड९२. साहिल पटेल, सी, अनसोल्ड९३. विनोद भण्डारी, ए, अनसोल्ड९४. राम नरेश गिरी, सी, अनसोल्ड९५. रविन्द्र जोशी, सी, अनसोल्ड९६. मनोज कुमार यादव, सी, अनसोल्ड९७. वसन्त सिंह कार्की, सी, अनसोल्ड९८. नन्दन यादव, ए, १० लाखमा कर्णाली याक्स९९. आकाश त्रिपाठी, बी, अनसोल्ड१००. तुल बहादुर थापा मगर, सी, २ लाख जनकपुर बोल्ट्स


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement