नोभाक जोकोभिच सांघाइ मास्टर्सको तेस्रो चरणमा प्रवेश

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
नोभाक जोकोभिच सांघाइ मास्टर्सको तेस्रो चरणमा प्रवेश

काठमाडौं । नोभाक जोकोभिच सांघाइ मास्टर्सको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतिस्पर्धात्मक खेलमा एलेक्स मिशेलसेनलाई पराजित गर्दै जोकोभिच तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

चौथो वरियता प्राप्त सर्बियन स्टार जोकोभिचविरुद्ध अमेरिकी खेलाडी मिशेलसेन दुबै सेटमा टाइब्रेकमा पुगे पनि जित हासिल गर्न सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा जोकोभिचले ७-६ र ७-६ को सोझो सेटको नतिजा हात पारे पनि कडा चुनौतीको सामना गर्नु पर्यो । मिशेलसेनलाई पराजित गर्न जोकोभिचले दुई घण्टाको समय निकाले ।

जर्मनीका अलेक्जेन्डर ज्वेरेभ पनि तेस्रो चरणमा प्रवेश गरेका छन् । उनले दोस्रो वरियताका इटालीयन खेलाडी माटिया बेलुचीलाई ६-४, ६-२ ले पराजित गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement