गौतम बुद्ध क्रिकेट रंगशालाका लागि थप १ करोड ८० लाख उपलब्ध गराउने बागमती सरकारको निर्णय

खेल्न योग्य बनाउन भने करिब १ अर्ब लाग्ने
असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौतम बुद्ध क्रिकेट रंगशालाका लागि थप १ करोड ८० लाख उपलब्ध गराउने बागमती सरकारको निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आर्थिक वर्षको बजेटबाट १ करोड ८० लाख रुपैयाँ भरतपुर महानगरलाई तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

हिजो साँझ बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले उक्त रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा यसअघि ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराइसकेको थियो ।

प्रदेश सरकारले पहिलो चरणमा महानगरसँग ७५ करोड रुपैयाँ बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement