टेनिस महिलातर्फ नाभारोसँग पराजित गौफ विम्बल्डन महिला एकल प्रतियोगिताको अन्तिम १६ बाटै बाहिर

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
टेनिस महिलातर्फ नाभारोसँग पराजित गौफ विम्बल्डन महिला एकल प्रतियोगिताको अन्तिम १६ बाटै बाहिर

काठमाडौं । अमेरिकी टेनिस खेलाडी कोको गौफ विम्बल्डन महिला एकल प्रतियोगिताबाट बाहिरिने अर्को हाई प्रोफाइल खेलाडी बनेकी छन् । आफ्नै देशकी एम्मा नाभारोसँग पराजित भएपछि गौफको यात्रा अन्तिम १६ मै समाप्त भएको हो ।

शनिबार शीर्ष वरीयताकी इगा स्वितेक युलिया पुटिन्सेभासँग पराजित भएपछि दोस्रो वरीयता प्राप्त गौफ प्रतियोगिताकै शीर्ष स्थानमा रहेकी खेलाडी थिइन् । तर २० वर्षीय गौफ १९औँ वरीयताकी नाभारोसँग ६-४ र ६-३ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन् । ग्रास कोर्टमा खास प्रदर्शन गर्न नसकेकी गौफ हालसम्म विम्बल्डनको चौथो चरणसम्म पुग्न सकेकी छैनन् ।

अस्ट्रेलियन ओपन र रोलान्ड ग्यारोसको सेमिफाइनलसम्म पुगेकी उनले गत वर्ष यूएस ओपनको रूपमा पहिलो मेजर उपाधि जितेकी थिइन् ।

अव महिला ड्रमा शीर्ष १० मध्ये चौथो वरीयताकी एलेना रिबाकिना र सातौं वरीयताकी जस्मिन पाओलिनी मात्र बाँकी छन् । शीर्ष १० वरीयताका अन्य ८ खेलाडी बाहिरिइसकेका छन् ।

नाभारोले सेमिफाइनल प्रवेशका लागि इटालियन खेलाडी जस्मिन पाओलिनीको सामना गर्नेछिन् । निर्णायक सेटमा ५-५ को बराबरी अवस्थामा म्याडिसन किजले चोटका कारण बाँकी खेल खेल्न नसकेपछि पाओलिनी अन्तिम ८ मा प्रवेश गरेकी हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement