पोर्चुगलविरुद्ध जित निकाल्दै फ्रान्स सेमिफाइनलमा

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोर्चुगलविरुद्ध जित निकाल्दै फ्रान्स सेमिफाइनलमा

काठमाडौं । युरो कपमा फ्रान्ससँग टाइब्रेकरमा पराजित भएपछि पोर्चुगल अन्तिम आठबाटै बाहिरिएको छ । विजयी फ्रान्सले भने सेमिफाइनलमा स्थान पक्का गर्‍यो । 

ह्यामबर्गमा भएको क्वार्टरफाइनलमा दुबै टिमले निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको हो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर र्फकंदा फ्रान्स ५-३ ले विजयी भयो । अव फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्ने छ ।

आज युरोकप २०२४ अन्तर्गत क्वार्टरफाइनलको अन्तिम २ खेलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीए प्रतिस्पर्धा गर्ने छन् । दुबै खेलका विजेताले सेमिफाइनलमा एक अर्काविरुद्ध खेल्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement