सर्भियन टेनिस स्टार जोकोभिच विम्बल्डन ग्रान्ड स्ल्याम टेनिसको दोस्रो चरणमा

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सर्भियन टेनिस स्टार जोकोभिच विम्बल्डन ग्रान्ड स्ल्याम टेनिसको दोस्रो चरणमा

काठमाडौं । सर्भियन टेनिस स्टार नोभाक जोकोभिच विम्बल्डन ग्रान्ड स्ल्याम टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले चेक गणतन्त्रका क्वालिफायर खेलाडी भिट कोप्रिभालाई ६-१, ६-२, ६-२ को सोझो सेटमा पराजित गरेका हुन् ।

५ जुनमा फ्रेन्च ओपनका दैरान घुँडामा चोल लागेपछि जोकोभिचले शल्यक्रिया गराएका थिए । चोटका बाबजुध २७ वर्षीय कोप्रिभाविरुद्ध जोकोभिकको फिटनेसमा कुनै समस्य देखिएको थिएन । ३७ वर्षीय खेलाडी यस वर्षको आफ्नो ट्रफीको खडेरी समाप्त गर्दै कीर्तिमानी २५ औं ग्रान्डस्लाम जित्ने योजनमा छन् । दोस्रो चरणमा उनले अब बेलायती वाइल्डकार्ड प्राप्त खेलाडी ज्याकोब फर्नलेसँग खेल्नेछन् ।

यस्तै चौथो वरियताका अलेक्ज्याण्डर ज्वेरेभले रोबर्टो कार्बालेस बाएनालाई ६-२, ६-४, ६-२ ले पराजित गरे । सातौं वरियताका हृयुबर्ट हुर्काजले मोल्डोभाका राडु अल्बोटलाई ५-७, ६-४, ६-३ ६-४ ले पछि पार्दै दोस्रो चरणमा स्थान बनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.