शीर्ष वरियताकी इगा स्वितेक विम्बल्डन ग्रान्डस्ल्याम टेनिस महिला एकलतर्फको तेस्रो चरणमा

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
शीर्ष वरियताकी इगा स्वितेक विम्बल्डन ग्रान्डस्ल्याम टेनिस महिला एकलतर्फको तेस्रो चरणमा

काठमाडौं । शीर्ष वरियता प्राप्त इगा स्वितेक विम्बल्डन ग्रान्ड स्ल्याम टेनिस अन्तर्गत महिला एकल तर्फ तेस्रो चरणमा प्रवेश गरेकी छन् ।

लगातार २१ औँ खेल जित्ने त्रममा पोल्यान्डकी स्वितेकले क्रोएसियाकी पेट्रा मार्टिकलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा स्थान बनाएकी हुन् । २३ वर्षीय स्वितेकले यस बर्ष मड्रिड र रोम ओपन जितिसकेकी छन् भने, रोलान्ड ग्यारोसको पनि च्याम्पियन हुन् । 

पाँचवटा ग्रान्डस्लाम जितिसकेकी स्वितेकले विम्बल्डनमा भने क्वार्टरफाइनलभन्दा माथि बढ्न सकेकी छैनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.