म्यानचेस्टर युनाइटेडद्वारा मुख्य प्रशिक्षक टेन हागसँगको सम्झौता एक वर्षका लागि विस्तार

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यानचेस्टर युनाइटेडद्वारा मुख्य प्रशिक्षक टेन हागसँगको सम्झौता एक वर्षका लागि विस्तार

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक एरिक टेन हागसँगको सम्झौता एक वर्षका लागि विस्तार गरेको छ ।

सम्झौता विस्तार भएसँगै हाग २०२६ सिजन सम्म युनाइटेडको मुख्य प्रशिक्षक रहने छन् । डच नागरिक हाक २०२२ मा युनाइटेडमा आवद्ध भएका थिए । उनको सम्झौता २०२५ मा सकिने थियो । आयाक्सबाट युनाइटेड आएका हागले ओल्ड ट्राफोर्डमा दुई वर्षमा दुईवटा उपाधि जितेका छन् ।

पहिलो सिजन हागको प्रशिक्षणमा युनाइटेड प्रिमियर लिगमा तेस्रो स्थानमा रहृयो । उक्त सिजन काराबाओ कपको फाइनलमा न्यू क्यासललाई पराजित गरेपछि युनाइटेडले ६ वर्षपछि उपाधि जितेको थियो ।

तर उनको दोस्रो सिजन निकै कठिन रहृयो ।

युनाइटेड, प्रिमियर लिगमा आठौं स्थानमा रहृयो भने च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको थियो । तर एफए कप फाइनलमा म्यानचेस्टर सिटीविरुद्ध २-१ को जित हात पारेपछि क्लब उपाधि बिहिन हुनबाट जोगिएको थियो ।

सोही कारण युनाइटेडले हागसँगको सम्झौता विस्तार गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.