नोभाक जोकोभिच विम्बल्डन ग्रान्डस्ल्याम टेनिसको तेस्रो चरणमा प्रवेश

ज्याकोभ फर्नलेमाथि सङ्घर्षपूर्ण जित
असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नोभाक जोकोभिच विम्बल्डन ग्रान्डस्ल्याम टेनिसको तेस्रो चरणमा प्रवेश

काठमाडौँ । सर्भियन टेनिस स्टार नोभाक जोकोभिच विम्बल्डन ग्रान्डस्ल्याम टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्ट लन्डनमा सम्पन्न खेलमा जोकोभिचले ज्याकोब फर्ननलेसंग चार सेटको सङ्घर्षपूर्ण जित हात पारे । जोकोभिचले सुरुवाती २ सेटमा क्रमशः ६-३ र ६-४ ले आफ्नो पक्षमा पारे पनि तेस्रो सेटमा ५-७ ले पछि परे । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा ७-५ ले बाजी मारेपछि जोकोभिच तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

वाइल्डकार्ड मार्फत प्रतियोगितामा सहभागी विश्व नम्बर २ सय ७७ ब्रिटिस खेलाडी जोकोभिचविरुद्ध कडा चुनौती प्रस्तुत गरे पनि खेल आफ्नो पक्षमा पार्न सकेनन्  । फ्रेन्च ओपनका दौरान चोलग्रस्त बनेपछि घुँडाको शल्यक्रिया गराएका जोकोभिचको फिटनेसले पनि  खेलका दौरान उनलाई समस्यामा पारिरेको थियो ।  

नटिङ्घममा दोस्रो टियर च्यालेन्जर इभेन्ट जितेर करिब २५० स्थान माथि उक्लिएका फर्ननले एक महिनाअघि विश्वको शीर्ष पाँच सय खेलाडीको सूचिमा समेत थिएनन् । 

अव जोकोभिचले तेस्रो चरणमा अस्ट्रेलियाका एलेक्सी पोपिरिनको सानमा गर्ने छन् । अर्को खेलमा पोल्यान्डका सातौँ वरियता प्राप्त हृयुबर्ट हुर्काजले फ्रान्सका २० वर्षीय आर्थर फिल्ससँग ७-६, ६-४, २-६, ६-६ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.