काभा अन्डर ट्वेन्टी महिला भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय टोली घोषणा

बागमती प्रदेशबाट ६, लुम्बिनीबाट ४, सुदूरपश्चिम र गण्डकीबाट १-१ खेलाडी छनोट
असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा अन्डर ट्वेन्टी महिला भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल भलिबल संघले काभा अन्डर ट्वेन्टी महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने अन्तिम १२ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट १-१ खेलाडी छनोट भएको नेपाल भलिबल संघले जनाएको छ । बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट भए ।

सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए । टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर छन् । महिला भलिबल च्याम्पियनसिप माल्दिभ्सको मालेमा असार ३१ गतेदेखि साउन ९ गतेसम्म हुनेछ । काठमाडौंमा नै आयोजना भएको पहिलो संस्करणको सहाना प्रधान अन्डर ट्वेन्टी राष्ट्रिय भलिबल प्रतियोगिताबाट खेलाडीको छनोट गरिएको हो ।

अन्डर नाइन्टिनको राष्ट्रिय प्रतियगितामा जेनिसा विश्वकर्मा सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन्। बागमतिकी एन्जिला प्रधान उत्कृट लिबिरो, भावना तामा सेटर, सोइना थापा सर्भर, निशा चौधरी ब्लकर र सलिना बुढामगर स्पाइकरतर्फ उत्कृष्ट बनेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.