साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

इक्वेडर पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित
असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
साबिक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं । साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार अमेरिकाको एनआरजी मैदानमा सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । ७० हजार समर्थकमाझ पेनाल्टीमा अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेज नायक साबित भएपछि अर्जेन्टिना विजयी भयो । चोटका वाबपुध पचिमा उत्रिएका मेसीले टाइब्रेकरमा पेनाल्टि मिस गरे । 

३५ औँ मिनेटमा एलेक्सिस माक एलिस्टरको पासमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । इन्जुरी समयमा  केभिन रोडि्रगुइजले गोल गरेपछि इक्वेडर खेल बराबरी गर्न सफल भयो । बराबरीसँगै टाइब्रेकरमा धकेलिएको खेलमा मार्टिनेजले दुई पेनाल्टी जोगाए । मेसीको पहिलो पेनाल्टी बारमा लागेपछि अर्जेन्टिना दबाबमा आउको थियो तर मार्टिनेजले एन्जल मेना र एलान मिन्डाको सुरुवाती दुई प्रयास विफल पारेपछि अर्जेन्टिना विजयी भयो । 

इक्वेडरका जन येवोह र जोर्डी काइसेडोले गोल गरे गर्दा अर्जेन्टिनाका जुलियन अल्भारेज, एलेक्सिस म्याक एलिस्टर, गोन्जालो मोन्टियल र निकोलास ओटामेन्डीको प्रहारले जाली चुम्यो । अव अर्जेन्टिनाले सेमिफाइनलमा भोली बिहान हुने खेल अन्तर्गत भेनेजुएला र क्यानाडाबीचको विजेतासँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.