युरोकपमा अन्तिम १६ का खेल सकिए

असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोकपमा अन्तिम १६ का खेल सकिए

काठमाडौं । यूएफा युरोकप २०२४ अन्तर्गत राउण्ड अफ सिक्सटिनका खेल सकिएसँगै प्रतियोगिताको क्‍वार्टरफाइनल समीकरण पूरा भएको छ ।

गए राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले रोमानियालाई ३-० गोल र टर्किएले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै एक अर्कासँगको भेट निश्चित गरेसँगै प्रतियोगिताको क्‍वार्टरफाइनल समीकरण पूरा भएको हो ।

अब शुक्रबार राति स्टटगार्टमा आयोजक जर्मनीले स्पेनको सामना गरेसँगै अन्तिम ८ को खेल सुरु हुने छ । सोही राति पौने १ बजे पोर्चुगलले फ्रान्सको सानमा गर्ने छ । शनिबार इंग्ल्यान्ड र स्विट्जरल्यान्डले डुसेलडोर्फकमा प्रतिस्पर्धा गर्दा बर्लिनमा मध्यरात पौने १ बजे नेदरल्यान्ड्सले टर्कीएसँग खेल्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.