प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुस्मा तामाङ सेमिफाइनलमा प्रवेश

५० केजी तौल समूहमा पूर्णिमा तामाङ पनि सेमिफाइनलमा
असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
 प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुस्मा तामाङ सेमिफाइनलमा प्रवेश

काठमाडौं । नक्साल क्लबकी खेलाडी सुस्मा तामाङ, अल्फा क्लबकी सुशीला थापालाई पराजित गर्दै प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेकी छिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आज भएको क्वार्टरफाइनलमा ४८ केजी तौल समूहमा सुस्माले शुशीलालाई नकआउट गर्दै जित दर्ता गरिन् । ४८ केजी समूहमा नै जी-एन-एक्सकी शुस्मिता श्रेष्ठले आर-पी-डी-एच-आइकी मन्दिरा पौडेललाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छिन् ।

महिलातर्फ कै ५० केजी तौल समूहमा पूर्णीमा तामाङ बाइ पाएर सेमिफाइनल पुगिन् । यस्तै ५० केजीमै काइला क्लबकी निर्मला ऐडीलाई हराउँदै के -आर-एन-एलकी टीका थापाले सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । आज भएको प्रिक्वार्टरफाइनलबाट जित हातपार्नेमा ४८ केजीबाट रमिशा श्रेष्ठ र आर्ती ब्लोन, ५० केजीबाट लालुमाया खत्री, ५२ केजीमा रोशनी घलान र नानगजा बुढामगर क्वार्टरफाइनलमा स्थान बनाइन् ।

यस्तै पुरुषतर्फको ६७ केजी तौल समूहबाट त्रिभुवन आर्मी क्लबका लालु आले मगरले काइला क्लवका सृजन विकेलाई वाकओभरको आधारमा हराउँदै सेमिफाइनमा स्थान सुरक्षित गरे । यस्तै ९२ केजी तौल समूहतर्फ केवाइबीसीका रासिब राजी र एपीएफका रविन नेपाल बाइ पाएर सेमिफाइनल प्रवेश गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.