एएफसी च्यालेन्ज कपका लागि अनन्त तामाङलाई कप्तान बनाइने

विदेसिएका खेलाडीको ठाउँमा नयाँ खेलाडी अनुबन्ध गरिने
असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एएफसी च्यालेन्ज कपका लागि अनन्त तामाङलाई कप्तान बनाइने

काठमाडौं । एएफसी च्यालेन्जकपमा नेपालको लिगविजेता क्लब चर्च बोइजले अनन्त तामाङलाई कप्तान बनाउने निर्णय गरेको छ । क्लबले सामाजिक सञ्जालमा सूचना राख्दै पारो एफसीसँगको खेलका लागि अनन्तलाई कप्तान बनाउने भएको हो ।

चर्च बोइजले यही साउन २९ गने एएफसी च्यालेन्ज कपको छनोट खेलमा भुटानको पारो एफसीसँग खेल्ने तालिका छ। च्यालेन्ज कपमा पुग्ने टिमले एक लाख रकम पुरस्कार पाउनेछ। चर्च बोइज टिमले छनोटको तयारी सुरु गरेको छ। क्लबमा अघिल्लो संस्करणको ए डिभिजन लिग खेलेका खेलाडीले निरन्तरता पाउनेछन् ।

चर्च बोइजबाट ए डिभिजन खेल्ने खेलाडीमा अन्जन विष्ट, कमल श्रेष्ठ, एरिक विष्टलगायतका खेलाडी थिए । विदेश गइसकेका खेलाडीको ठाउँमा भने नयाँ खेलाडी अनुबन्ध गर्ने क्लबले जानकारी दिएको छ । यो खेल दरशथ रंगशालामा हुनेछ ।

अन्तर्राष्ट्रिय खेलका लागि मान्यता गुमाए पनि क्लबका प्रतियोगिता आयोजना गर्न भने एसियाली फुटबल महासंघले रंगशालालाई स्वीकृति दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.