एम्मासँग पराजित हुँदै नाओमीका विम्बल्डन टेनिसको दोस्रो चरणबाटै बाहिर

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 एम्मासँग पराजित हुँदै नाओमीका विम्बल्डन टेनिसको दोस्रो चरणबाटै बाहिर

काठमाडौं । पूर्व विश्व नम्बर एक नाओमी ओसाका विम्बल्डन ग्रान्ड स्ल्याम टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन् । गए राति सेन्टर कोर्टमा सम्पन्न खेलमा एम्मा नाभारोसँग सोझो सेटमा पराजित भएपछि जापनिज स्टार ओसाकाको विम्बल्डन २०२४ को यात्रा दोस्रो चरणमै समाप्त भएको हो ।

अमेरिकी खेलाडी एम्मा नाभारोले ओसाकाविरुद्ध ६-४, ६-१ को सहज नतिजा हात पारिन् । ओसाकालाई पराजित गर्न नाभाराले केवल ५८ मिनेट खर्च गरिन् । 

चार पटककी ग्रान्डस्लाम च्याम्पियन ओसाका १५ महिना लामो प्रसूति विश्रामपछि जनवरीमा व्यावसायिक टेनिसमा फर्किएकी थिइन् । क्ले र ग्रास कोर्टमा राम्रो प्रदर्शन गर्ने लक्ष्य बनाएकी उनले फ्रेन्च ओपन र विम्बल्डनमा भने खास प्रभाव जमाउन सकिनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.