माट्टियो बेरेटिनीलाई पराजित गर्दै विश्व नम्बर एक यान्निक सिन्नर विम्बल्डन टेनिसको तेस्रो चरणमा

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
माट्टियो बेरेटिनीलाई पराजित गर्दै विश्व नम्बर एक यान्निक सिन्नर विम्बल्डन टेनिसको तेस्रो चरणमा

काठमाडौं । विश्व नम्बर एक यान्निक सिन्नर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । अल इंग्ल्यान्ड लन टेनिस क्लब, लन्डनको सेन्टर कोर्टमा गए राति सम्पन्न खेलमा इटालीयन स्टार सिन्नरले आफ्नै देशका माट्टियो बेरेटिनीलाई चार सेटमा पराजित गरेका हुन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा सिन्नरले बेरेटिनीविरुद्ध कडा चुनौतीको सामना गरे पनि खेल आफ्नो पक्षमा पार्न सफल भए । पहिलो र दोस्रो सेटमा समान ७-६ र ७-६ को कठिन जित हात पारेका सिन्नरले तेस्रो सेट २-६ ले गुमाए । चौंथो सेटमा पनि ७-६ को संर्घषपूर्ण जित हात पारेपछि सिन्नर तेस्रो चरणमा प्रवेश गर्न सफल भए ।

२०२१ मा नोभाक जोकोभिचसँग पराजित भएपछि उपविजेतामा चित्त बुझाएका बेरेटिनीले गत बर्ष चोटका कारण प्रतियोगिता गुमाएका थिए । तर यस पटक विश्व नम्बर एक सिन्नरविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङमा चुकेपछि उनको चुनौती दोस्रो चरणमै समाप्त भएको छ ।

यस वर्षको अष्ट्रेलियन ओपन जितिसकेका सिन्नर बर्षको दोस्रो ग्रान्ड स्ल्यामको रुपमा विम्बल्डन जित्ने योजनमा छन् । सिन्नरले तेस्रो चरणमा सर्बियाका मियोमिर केकमानोभिकसँग प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.