पेरिस ओलम्पिक २०२४ खेल्ने स्पेनिस महिला फुटबल टोली घोषणा

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 पेरिस ओलम्पिक २०२४ खेल्ने स्पेनिस महिला फुटबल टोली घोषणा

काठमाडौं । स्पेनिस फुटबल महासंघले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबल खेल्ने आफ्नो अन्तिम टोली घोषणा गरेको छ । स्पेनले पेरिस ओलम्पिकका लागी १८ सदस्य अन्तिम टोली घोषणा गरेको हो । टोलीमा बालोन दो विजेता आइटाना बोनमाटी, एलेक्सिया पुटेलास र जेनी हर्मोसो जस्ता शीर्ष खेलाडीहरु समावेश छन् ।

बार्सिलोनाको महिला टीमबाट यस सिजनको च्याम्पियन्स लिग विजेता प्याट्री गुइजारोले टिममा पुरागमन गरेकी छन् । उनले अन्य १५ खेलाडीसहित तत्कालीन प्रशिक्षक जर्ज भिल्डाविरुद्ध खुला पत्रमा हस्ताक्षर गरेपछि विश्वकप गुमाएकी थिइन् ।

महिला विश्वकप विजेता स्पेन फिफा वरीयताको शीर्ष स्थानमा छ । स्पेनको महिला फुटबल टोली पहिलो पटक ओलम्पिकमा भाग लिन लागेको हो । पेरिस ओलम्पिक २०२४ को औपचारिक उद्घाटन जुलाई २६ मा हुने छ । महिला फुटबलका खेलहरु भने २५ जुलाई देखि १० अगस्टसम्म आयोजना हुनेछन् । महिला फुटबलमा १० राष्ट्र सहभागी हुँदा कुल २६ खेल खेलिने छन् । न्युजिल्यान्डले पनि महिला फुटबलका लागि आफ्नो टोली घोषणा गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.